मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँलाई थाहा छ, आईफोनको अगाडी रहेको ‘आई’ को अर्थ के हो ?

काठमाडौँ- पछिल्लो समय धरै मानिसहरूको आकर्षण आइफोनमा रहेको छ । एप्पलको मोबाइललाई मात्र आईफोन किन भनिन्छ भन्ने कुरा कहिल्यै सोच्नुभएको छ ? 

विगत तीन दशकदेखि एप्पलका ब्राण्डहरुको अगाडी आई जोडिएर आउने गरेको छ । 

‘आई’ ले इन्टरनेट सँगै ‘इन्डिभिजुअल’ अर्थात व्यक्तिगत, ‘इन्स्ट्रक्टसन’ अर्थात निर्देशन, ‘इन्फर्म’ अर्थात सूचित गराउनुका साथै ‘इन्सपायर’ अर्थात प्रेरित गर्नु पनि हो । 

सन् १९९८ मा एप्पलले आफ्नो उत्पादन ल्यापटपको नाम ‘आईम्याक’ राखेपछि एप्पलले आफ्ना सबै उत्पादनहरूको अगाडी ‘आई’ जोड्न थालेको हो । 

आईम्याकलाई सजिलै इन्टरनेटमा जोड्न सकिन्थ्यो । नयाँ ल्यापटपको यही विशेषतालाई दर्साउन ‘म्याक’ को अगाडि ‘आई’ थपिएको थियो । 

यसरी एप्पलले इन्टरनेटलाई जोडेर आईम्याक नाम राखेपछि अन्य उत्पादनहरूमा पनि सोही नाम जोड्दै लगियो ।

यस्तै एप्पल कम्पनी पारिस्थितिक प्रणालीमा काम गर्ने कम्पनी हो । यसका हरेक उत्पादनहरू एक अर्कासँग गाँस्नको लागि पनि कम्पनीको स्मार्टफोनलाई पनि आईफोन भनेर नाम दिएको हो ।

यस्तै ‘आई’ले इन्टरनेट मात्र नभई प्रयोगकर्ताले चाहने हरेक शब्दलाई आफ्नो हिसाबले जोडेर उत्पादनको स्वामित्वमा आफ्नो अधिकार महसुस गर्न सकुन् भनेर एप्पलका हरेक उत्पादनहरूमा ‘आई’ जोडिन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?