काठमाडौँ – कुनै समय बलिउडमा आफ्नो करियर अघि बढाउन अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्न चाहेको भीड नै थियो ।
तर त्यही अर्की स्टार श्रीदेवी भने उनीसँग सहायक भूमिका ननिभाउनेमा अडिग थिइन् । उनी महिला केन्द्रित फिल्मको हिस्सा हुन चाहन्थिन् ।
यही कारण सन् १९९२ मा रिलिज फिल्म ‘खुदा गवाह’का लागि फकाउन श्रीदेवीका लागि फूल वर्षा गराएका थिए ।
सत्यार्थ नायकको पुस्तक ‘श्रीदेवीः द इटरनल स्क्रीन गडेस’ मा उल्लेख गरिएका अनुसार कोरियोग्राफर सरोज खानले एक गीतमाथि काम गरिरहेकी थिइन्, त्यही बेला श्रीदेवीमाथि अमिताभले फूलको वर्षा गराएका थिए । ‘जब ट्रक आयो, हामी एक गीत खिचिरहेका थियौँ ।
उनले श्रीदेवीलाई ट्रकको अगाडि उभ्याए र पूरा क्यारियर झुकाएर उनीमाथि गुलाबको फूल वर्साए’– पुस्तकमा उल्लेख गरिएको छ ।
यसले श्रीदेवी प्रभावित भए पनि उनले अमिताभका साथ एक फिल्ममा अभिनय गर्ने र त्यसमा अमिताभको पत्नी र छोरी दुवैको भूमिका निभाउने सर्त राखेकी थिइन् ।
अमिताभ र श्रीदेवी पछिल्लो पटक सन् २०१२ मा रिलिज फिल्म ‘इङ्लिश विङ्लिश’मा देखिएका थिए । जहाँ श्रीदेवीले शीर्ष भूमिका निभाएकी थिइन् भने अमिताभ विशेष भूमिकामा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया