मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् डण्डीफोर हटाउने आठ घरेलु उपाय

सफा र सुन्दर अनुहार सबैको चाहाना हुन्छ । तर सबैको चाहाना अनुरूपको अनुहार हुँदैन । विशेषगरी युवा अवस्थामा अनुहारको बिशेष हेरचाह गर्ने गरिन्छ ।

तर यही युवावस्थामा नै धरैको अनुहार डन्डीफोरले घेरिएको हुन्छ । अझ अनुहारमा आउने अत्यधिक डन्डीफोरले त अनुहारलाई कुरूप नै बनाइदिन्छ ।

डन्डिफोर हटाउन हामी विभिन्न बजारमा उपलब्ध भए जति क्रिम,औषधीको प्रयोग गर्छौ । तर भनेजस्तो सुधार र परिवर्तन हुँदैन । यस कारण हामीले घरेलु उपाय अपनाएर पनि डन्डीफोरबाट छुटकारा पाउन सक्छौ ।  

डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस प्रकार रहेका छन् :

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हुन्छ । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।

मह

महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईँलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

केराको बोक्रा

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्‍याउँछ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् र यसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ । दहीसँग केरा मिसाएर लगाउनु पनि फाइदाजनक हुन्छ । 

गोलभेँडा

गोलभेँडामा पाइने तत्त्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्त्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । र आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्नुपर्छ ।

ल्वाङ 

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यसका लागि तपाईँले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाएमा पनि  फायदा हुन्छ । 

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ ।

आलु

आलुको टुक्रा काट्नुहोस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुहोस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुहोस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुहोस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् डण्डीफोर र यसको दाग निर्मूल हुँदै जानेछ ।

ओलिभ आयल 

ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुहोस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?