काठमाडौँ – अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
दिउसो भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणयता बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
महाशाखाका अनुसार आज राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणयता बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा हुनसक्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पूर्वानुमान महाशाखाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया