मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेष्टुरेन्टको अनौठो अफरले जब भारत र माल्दिभ्सबीच विवाद भयो

काठमाडौं – संसारमा हरेक दिन अनौठो खबर आइरहेका हुन्छन् । यसैबीच रेष्टुरेन्टको अनौठो अफरले दुई देशबीच विवाद सृजना भएको छ । यो खबर भारतीय समाचार एजेन्सीले प्रकाशित गरेका छन् ।

समाचार स्रोतका अनुसार माल्दिभ्सका तीनजना मन्त्रीको भारत विरोधी अभिव्यक्तिसँगै भारत र माल्दिभ्सबीचको पछिल्लो विवादको सिर्जना भएको छ । चीन भ्रमणबाट फर्किएसँगै माल्दिभ्सका राष्ट्रपति झनै कडा रुपमा प्रस्तुत भए र माल्दिभ्समा रहँदै आएका भारतीय सैनिकलाई मार्च १५ भित्र मुलुक छाड्न आदेश दिए ।

यसबीचमा भारतीयहरु पनि के कम रु उनीहरुले माल्दिभ्सका विरुद्धमा अनेक खालका प्रोपोगाण्डा गर्दै अभिव्यक्तिहरु दिइरहेका छन् । यद्यपि पछिल्लो समय माल्दिभ्स यो मामिलामा केही शान्त बन्दै गएको छ । तर, भारतमा भने माल्दिभ्स विरोधी भावनाले अनेक रुप लिइरहेको छ । यसैबीचमा भारतको उत्तर प्रदेशस्थित एक रेष्टुरेन्टले अनौठो अफरको घोषणा गरेको छ ।

उत्तर प्रदेशको नोयडामा रहेको उक्त रेष्टुरेन्टले माल्दिभ्स यात्राको टिकट रद्द गरेको प्रमाण पेस गर्नेलाई नि: शुल्क रुपमा एक प्लेट छोले भटुरे खान दिने भएको छ । यस्तो छोले भटुरे केवल माल्दिभ्स यात्रा रद्द गर्दा मात्र होइन लक्षदीपको यात्रा बुकिङ गर्दासमेत पाइनेछ ।

मिस्टर भटुरा नामक उक्त रेष्टुरेन्ट चेनले माल्दिभ्स बहिष्कार अभियानमा सहभागी हुँदै यस्तो अफरको घोषणा गरेको हो ।
उक्त रेष्टुरेन्टका मालिक विजय मिश्र भन्छन्, ‘यसमार्फत् हामीले लक्षदीपमा पर्यटन प्रवर्द्धन गर्न चाहन्छौं । हामीले शनिबारबाट यो योजना सुरु गरेका छौँ र यसमा निकै उत्साहवर्द्धक प्रतिक्रिया प्राप्त भएको छ । हामीले यो योजना जनवरीको अन्त्यसम्म थप गर्न चाहन्छौं ।’ आफ्नो कर्तव्य केवल व्यवसाय गर्नुमात्र नभई आफ्नो देश र यहाँको पर्यटन क्षेत्रलाई सहयोग गर्नु पनि रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?