मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलले सार्वजनिक गर्‍यो एआई टुल ‘ल्यूमियर’,टेक्स्ट लेख्ने बित्तिकै भिडियो बनाउन सकिने

काठमाडाैँ – गुगलले आफ्नो नयाँ एआई–सञ्चालित टूल ‘ल्यूमियर’  सार्वजनिक गरेको छ । यो टेक्स्ट, इमेज टु भिडियो उत्पादन टूल हो भने यसले टेक्स्टको सरल प्रम्प्टबाट भिडियो बनाउन सक्ने छ । 

‘ल्यूमियर’ ले विभिन्न साइजमा पूरै भिडियोहरू स्वतः बनाउन सिकेको र गुणस्तर पनि राम्रो रहेको गूगलको दाबी छ । यसले स्पेस–टाइम यू–नेट भनिने विशेष प्रकारको प्रविधि प्रयोग गर्ने गर्दछ । 

यसको अर्थ अब तपाईले टेक्समा निर्देशन दिएपछि यो टुलले भिडियो बनाउने छ । यति मात्र नभएर यसले तस्बिरबाट रमाइलो भिडियोहरू बनाउन सक्छ भने 

 तपाईँको क्षतिग्रस्त वा अपूर्ण भिडियोहरू ठिक गर्न सक्छ ।  त्यस्तै कुनै पनि फोटो वा भिडियोलाई फरक लुक दिन सक्छ ।  ‘ल्यूमियर’ ले भिडियो सम्पादन समेत गर्ने छ भने इमेजको अंशलाई जीवन्त बनाउन सक्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार यो एआईले वास्तविक जस्तै विभिन्न किसिमका मोसनहरु सिर्जना गरेर भिडियो बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?