काठमाडाैँ – गुगलले आफ्नो नयाँ एआई–सञ्चालित टूल ‘ल्यूमियर’ सार्वजनिक गरेको छ । यो टेक्स्ट, इमेज टु भिडियो उत्पादन टूल हो भने यसले टेक्स्टको सरल प्रम्प्टबाट भिडियो बनाउन सक्ने छ ।
‘ल्यूमियर’ ले विभिन्न साइजमा पूरै भिडियोहरू स्वतः बनाउन सिकेको र गुणस्तर पनि राम्रो रहेको गूगलको दाबी छ । यसले स्पेस–टाइम यू–नेट भनिने विशेष प्रकारको प्रविधि प्रयोग गर्ने गर्दछ ।
यसको अर्थ अब तपाईले टेक्समा निर्देशन दिएपछि यो टुलले भिडियो बनाउने छ । यति मात्र नभएर यसले तस्बिरबाट रमाइलो भिडियोहरू बनाउन सक्छ भने
तपाईँको क्षतिग्रस्त वा अपूर्ण भिडियोहरू ठिक गर्न सक्छ । त्यस्तै कुनै पनि फोटो वा भिडियोलाई फरक लुक दिन सक्छ । ‘ल्यूमियर’ ले भिडियो सम्पादन समेत गर्ने छ भने इमेजको अंशलाई जीवन्त बनाउन सक्ने दाबी गरिएको छ ।
कम्पनीका अनुसार यो एआईले वास्तविक जस्तै विभिन्न किसिमका मोसनहरु सिर्जना गरेर भिडियो बनाउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया