मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डा. रविन्द्र पौडेलसँग अन्तर्वार्ता– चिसो मौसममा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरू ?

जोयनेपाल
0
Shares
फोटो– एनटीभी प्लस

चिसो मौसममा हाम्रा हात,खुट्टाहरू सुनिने गर्छन् । सँगै रातो भएर चिलाउने, पोल्ने समस्या पनि हुन्छ ।

चिसो मौसममा यस्तो समस्या सबैलाई हुन्छ भन्ने त छैन तर पनि अधिकांश मानिसहरू चिसो मौसममा हात खुट्टा सुनिने समस्याबाट ग्रसित हुन्छन् । 

विशेष गरी बाथ रोगका बिरामीहरूलाई यस्तो समस्या बढी देखिने गर्छ। बाथ रोगका बिरामीहरूको हकमा  हात खुट्टाका  औलाहरू सँगै  जोर्नीहरू सुनिने पनि हुन्छ  तर  अरू सामान्य दिर्घरोग नभएका व्यक्तिहरूको हकमा  हात र औला सुनिने , रातो हुने , नाकको टुप्पा रातो हुने  समस्या हुन्छ ।

चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो। अत्यधिक चिसोका कारण  यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ। 

समयमै  उपचार गर्दा  यो समस्या निको हुन्छ। तर समयमै उपचार  गरिएन भने  पिप जम्ने र फोका फुट्ने  र इन्फेक्सन बल्झिएर ( sepsis) हुने देखि ज्यानै जाने जोखिम समेत हुने कुरा छाला रोग विशेषज्ञ डा‍. रवीन्द्र पौडेल बताउँछन् ।

चिसो मौसममा  हात खुट्टाका औँलाहरू किन सुन्निन्छन् ?

जाडो याममा मौसम निकै चिसो हुन्छ । चिसो मौसममा कोठाभित्र र कोठाबाहिरको मौसममा निकै अन्तर हुन्छ । बन्द तातो कोठामा बसिरहेको अवस्थामा बाहिर निस्कँदा एक्कासL तातोबाट चिसो वातावरणमा घुलमिल हुने हुँदा  छालामा असर पर्छ अनि सुनिने गर्दछ ।  कोठाभित्र तातो हावा र कोठाबाहिरको चिसो हावाको मिश्रण भई एक्कासि तापक्रम घटबढ हुने हुँदा र थप चिसो पनि हुने हुँदा सुनिने समस्या  आउने हो  ।

हातखुट्टा सुनिने  समस्या कस्ता व्यक्तिहरूलाई  बढी हुने गर्दछ ?

पुरुषहरूको तुलनामा महिलाहरूमा बढी सुनिने समस्या हुन्छ किनभने घरायसी कामहरू महिलाले नै गर्ने गर्छन् । पानी धेरै खेलाउने कामहरू भाडा माझ्ने , कपडा धुने लगायत महिलाहरूले नै गरिरहेका हुन्छन् । यस कारण महिलाहरूमा यस्तो समस्या बढी देखिन्छ ।

यो समस्याबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ ?

यो समस्याबाट बच्न चिसो पानी र चिसो हावा बाट जोगिनुपर्छ । चिसो पानी चलाएर मात्र सुनिने भन्ने हुँदैन । यस कारण चिसो पानी सँगसँगै चिसो हावासँग पनि जोगिनु आवश्यक छ । औला, खुट्टा मात्र जोगाएर हुँदैन यस कारण पुरा शरीर नै ढाकेर न्यानो बनाउनुपर्छ ।

हातखुट्टा सुनिसकेपछि कसरी ठिक बनाउने ?

हातखुट्टा सुनिसकेपछि एकैचोटी हिटरमा नसेकाउने । पहिला तातो नुन पानीमा सेकाउने अनि पछि हिटरको तातो लिने । चिसो हावाबाट जोगिने , तातो मोजा,पन्जा लगाएर शरीर न्यानो गराउने , तातो झोलिलो पदार्थ खाने, व्यायाम गर्ने र सकेसम्म आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने ।

हातखुट्टा सुन्निँदा बेवास्ता गरियो , ध्यान दिइएन भने कतिसम्म स्वास्थ्य जोखिम मोल्नुपर्छ ?

चिसो मौसममा हात खुट्टा सुनिनु सामान्य हो । यसर्थ यसलाई बेवास्ता गर्नुहुँदैन । सामान्य मानिसलाई चिसो मौसममा यस्तो समस्या देखिने भएता पनि  मृगौला को बिरामी , कलेजोको बिरामी , हार्ट फ़ेलिएरका  बिरामीहरूलाई  जाडो गर्मि दुवै मौसममा  सुनिने समस्या हुन्छ । हामीले समयमै   स्याहार गरेनौ भने हातखुट्टामा सुनिएर आएका फोका चिलाउछ ,अनि कन्याउन थाल्छौ फोका  फुट्छ अनि  इन्फेक्सन बल्झिन्छ अर्थात फोहोर ब्याक्टेरिया रगतमा पसेर   रक्तविशाक्त  कभउकष्क हुन्छ । र ज्यानै जाने सम्भावना पनि  हुन्छ ।

अन्तिममा के सुझाव दिन चाहनुहुन्छ ?

चिसो मौसममा आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुहोला । तातो झोलिलो कुरा प्रशस्त मात्रामा खाने गर्नुस । तातो न्यानो कपडा लगाएर शरीर पुरै  ढाकेर हिँड्नुहोला । हातखुट्टा सुनियो भने त्यसलाई कन्याउने कहिले नगर्नुहोस् । बरु जतिसक्दो तातो र न्यानो बनाएर निको बनाउनुस् । सुनिने क्रम घटेन भने चिकित्सकलाई देखाएर मात्रै औषधि सेवन गर्नुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?