चिसो मौसममा हाम्रा हात,खुट्टाहरू सुनिने गर्छन् । सँगै रातो भएर चिलाउने, पोल्ने समस्या पनि हुन्छ ।
चिसो मौसममा यस्तो समस्या सबैलाई हुन्छ भन्ने त छैन तर पनि अधिकांश मानिसहरू चिसो मौसममा हात खुट्टा सुनिने समस्याबाट ग्रसित हुन्छन् ।
विशेष गरी बाथ रोगका बिरामीहरूलाई यस्तो समस्या बढी देखिने गर्छ। बाथ रोगका बिरामीहरूको हकमा हात खुट्टाका औलाहरू सँगै जोर्नीहरू सुनिने पनि हुन्छ तर अरू सामान्य दिर्घरोग नभएका व्यक्तिहरूको हकमा हात र औला सुनिने , रातो हुने , नाकको टुप्पा रातो हुने समस्या हुन्छ ।
चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो। अत्यधिक चिसोका कारण यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ।
समयमै उपचार गर्दा यो समस्या निको हुन्छ। तर समयमै उपचार गरिएन भने पिप जम्ने र फोका फुट्ने र इन्फेक्सन बल्झिएर ( sepsis) हुने देखि ज्यानै जाने जोखिम समेत हुने कुरा छाला रोग विशेषज्ञ डा. रवीन्द्र पौडेल बताउँछन् ।
चिसो मौसममा हात खुट्टाका औँलाहरू किन सुन्निन्छन् ?
जाडो याममा मौसम निकै चिसो हुन्छ । चिसो मौसममा कोठाभित्र र कोठाबाहिरको मौसममा निकै अन्तर हुन्छ । बन्द तातो कोठामा बसिरहेको अवस्थामा बाहिर निस्कँदा एक्कासL तातोबाट चिसो वातावरणमा घुलमिल हुने हुँदा छालामा असर पर्छ अनि सुनिने गर्दछ । कोठाभित्र तातो हावा र कोठाबाहिरको चिसो हावाको मिश्रण भई एक्कासि तापक्रम घटबढ हुने हुँदा र थप चिसो पनि हुने हुँदा सुनिने समस्या आउने हो ।
हातखुट्टा सुनिने समस्या कस्ता व्यक्तिहरूलाई बढी हुने गर्दछ ?
पुरुषहरूको तुलनामा महिलाहरूमा बढी सुनिने समस्या हुन्छ किनभने घरायसी कामहरू महिलाले नै गर्ने गर्छन् । पानी धेरै खेलाउने कामहरू भाडा माझ्ने , कपडा धुने लगायत महिलाहरूले नै गरिरहेका हुन्छन् । यस कारण महिलाहरूमा यस्तो समस्या बढी देखिन्छ ।
यो समस्याबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ ?
यो समस्याबाट बच्न चिसो पानी र चिसो हावा बाट जोगिनुपर्छ । चिसो पानी चलाएर मात्र सुनिने भन्ने हुँदैन । यस कारण चिसो पानी सँगसँगै चिसो हावासँग पनि जोगिनु आवश्यक छ । औला, खुट्टा मात्र जोगाएर हुँदैन यस कारण पुरा शरीर नै ढाकेर न्यानो बनाउनुपर्छ ।
हातखुट्टा सुनिसकेपछि कसरी ठिक बनाउने ?
हातखुट्टा सुनिसकेपछि एकैचोटी हिटरमा नसेकाउने । पहिला तातो नुन पानीमा सेकाउने अनि पछि हिटरको तातो लिने । चिसो हावाबाट जोगिने , तातो मोजा,पन्जा लगाएर शरीर न्यानो गराउने , तातो झोलिलो पदार्थ खाने, व्यायाम गर्ने र सकेसम्म आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने ।
हातखुट्टा सुन्निँदा बेवास्ता गरियो , ध्यान दिइएन भने कतिसम्म स्वास्थ्य जोखिम मोल्नुपर्छ ?
चिसो मौसममा हात खुट्टा सुनिनु सामान्य हो । यसर्थ यसलाई बेवास्ता गर्नुहुँदैन । सामान्य मानिसलाई चिसो मौसममा यस्तो समस्या देखिने भएता पनि मृगौला को बिरामी , कलेजोको बिरामी , हार्ट फ़ेलिएरका बिरामीहरूलाई जाडो गर्मि दुवै मौसममा सुनिने समस्या हुन्छ । हामीले समयमै स्याहार गरेनौ भने हातखुट्टामा सुनिएर आएका फोका चिलाउछ ,अनि कन्याउन थाल्छौ फोका फुट्छ अनि इन्फेक्सन बल्झिन्छ अर्थात फोहोर ब्याक्टेरिया रगतमा पसेर रक्तविशाक्त कभउकष्क हुन्छ । र ज्यानै जाने सम्भावना पनि हुन्छ ।
अन्तिममा के सुझाव दिन चाहनुहुन्छ ?
चिसो मौसममा आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुहोला । तातो झोलिलो कुरा प्रशस्त मात्रामा खाने गर्नुस । तातो न्यानो कपडा लगाएर शरीर पुरै ढाकेर हिँड्नुहोला । हातखुट्टा सुनियो भने त्यसलाई कन्याउने कहिले नगर्नुहोस् । बरु जतिसक्दो तातो र न्यानो बनाएर निको बनाउनुस् । सुनिने क्रम घटेन भने चिकित्सकलाई देखाएर मात्रै औषधि सेवन गर्नुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया