मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यस्त बन्दै आँचल, ‘ब्राण्ड टिम’सँगको सहकार्यले उत्साहित

काठमाडौँ – अभिनेत्री आँचल शर्मा अहिले व्यस्त बन्न थालेकी छिन् । एकपछि अर्को फिल्ममा साइन गरिरहेकी उनले  लाइनअपमै ४ वटा फिल्म छन् भने सहकार्य समेत ‘ब्राण्ड’ टिमसँग भइरहेको छ । 

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकिएको छ । यो फिल्म नेपाली फिल्म क्षेत्रमा ब्लकबस्टर निर्देशक रामबाबु गुरुङ हो भने अर्का सफल नायक दयाहाङ राई समेत यसमा छन् ।

जसले आँचलको करियरलाई नै उचाइमा पुर्‍याउन सक्ने विश्लेषण गरिँदा आँचल पनि उत्साहित देखिन्छन् । 

यहि फिल्म फेम्ड मिरुना मगर अहिले चल्तीकी नायिका बन्दा म्युजिक भिडियो मै रमाइरहेकी आँचललाई अवसर बन्ने विश्लेषणलाई नै बल पुर्‍याएको छ । 

 ‘डिग्री माइला’ १९ दिन लामो सेकेन्ड सेड्यूल सकेपछि उनले, अब फिल्म ‘एक मुठ्ठी बादल’मा काम गर्नेछिन् । आमा छोरीबिचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादल फागुनबाट फ्लोरमा जाँदै छ ।

यस्तै, उनले फिल्म ‘राजमहल’मा पनि काम गर्ने पक्का भइसकेको छ । यसरीहेर्दा, जसले, उनको करिअरलाई फरक दिशामा मोड्न सक्छ ।

आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि ‘ ‘शत्रु गते’ र ‘जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा समेत भूमिका गरेकी उनले आधा दर्जन बढी फिल्म गरिसकेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?