मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्ममा आउनुअघि के काम गर्थे यी साउथ ‘स्टार’?

काठमाडौँ – रजनीकान्त, अल्लू अर्जुन, अजित कुमार,ब्रम्हान्दम जस्ता दक्षिण भारतीय स्टार आज परिचय दिइराख्नुपर्ने नाम होइन।

कलाकारिताको दुनियाँमा उनीहरूको आफ्नै नाम छ। मेहनतका साथ आज करियरमा जुन उचाइ उनीहरूले हासिल गरेका उनीहरूको नाम नै परिचय बनेको छ ।

यस्तोमा उनीहरू करोडौँ फ्यानलाई आफ्ना यी स्टारका व्यक्तिगत जानकारीमा विशेष रुचि हुने गर्छ। आजको मितिमा यी स्टारहरू सिनेक्षेत्रमा चर्चित भए पनि सिनेमामा आउनुअघि भने उनीहरू अरू नै काम गर्थे।

यसमा बसमा कन्डक्टरदेखि लिएर मेकानिकसम्मका काम उनीहरूले गरेका छन्। त्यसैले जानौँ सिनेमामा आउनु अघि उनीहरू के काम गर्थे ?

रजनीकान्त 

रजनीकान्त दक्षिण भारतका नायक मात्र होइनन्, भगवानको दर्जा पाएका व्यक्ति हुन्।

दक्षिण भारतमा उनको मन्दिर नै बनेको छ। बलिउडमासमेत उनी उत्तिकै चर्चित छन्। उनले यो सफलता पाउन कम मूल्य चुकाएका छैनन्। उनी कुनै समय बसका कन्डक्टर थिए।

बसमा टिकट काट्दै गर्दा उनको स्टाइलबाट प्रभावित भएर निर्देशकले उनलाई फिल्ममा ब्रेक दिएका थिए। उनको स्टाइल भारतमा अझै महँगोमा बिक्छ।

अल्लू अर्जुन

’विजेता’चलचित्रमा बाल कलाकारको रूपमा र ’ड्याडी‘ चलचित्रमा नर्तकको रूपमा अभिनय गरेपछि, अर्जुनले ’गङ्गोत्री‘ चलचित्रमा मुख्य कलाकारको रूपमा चलचित्र क्षेत्रमा पर्दापण गरेका थिए।

उनी सुपरस्टार बन्नुभन्दा अघि ‘एनीमेटर’को नोकरी गर्थे 

अजित कुमार

अजित कुमारले १० कक्षा पछि पढाई नै छोडिदिए । करिब ६ महिना मेकानिकको काम गरेका थिए ।

उनी अभिनेताका साथै कार रेसर पनि हुन्। 

ब्रम्हान्दम

हास्य अभिनेता ब्रम्हादमले आर्ट्समा मास्टर गरेका छन् ।

त्यसपछि तेलुगु लेक्चर भएका उनी त्यहि समय थिएटरमा मिमिक्री गर्ने गर्थे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?