मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रिचबारे केही रोचक तथ्य

सुतुरमुर्ग वा अस्ट्रिच अफ्रिका तथा अरब मरुभूमिमा पाइने सबैभन्दा ठूलो चरा हो ।

यो चरा भएर पनि उड्न सक्दैन तर ७० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा दगुर्न सक्दछ । जो पृथ्वीमा पाइने अन्य पंक्षीभन्दा अधिक हो ।

यसले दौडँदा सन्तुलन बनाउन पखेटाको प्रयोग गर्छ । त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पखेटाको प्रयोग गर्छ। यो चरालाई पानी खान जरुरी नै पर्दैन ।

आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्‍याउँछ । यो चरालाई खाएको भोजन पचाउन लगभग ३६ घण्टा लाग्छ । 

तपाईँ हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ । यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ । 

हुन त पहिले एसियामा पनि पाइन्थे, तर धेरै सिकारी बढेपछि यहाँका अस्ट्रिच घट्दै गए ।

अहिले जङ्गली अस्ट्रिच अफ्रिकाको सभाना क्षेत्रमा पाइन्छन् ।  लगभग ७० वर्षसम्म बाँच्ने यो चराको दाँत हुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?