मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा हिटरबाट जोगिन अपनाउनुहोस् यस्तो उपाय

यतिबेला नेपालमा मध्य चिसो छ । त्यसैले अधिकांश मानिसहरु चिसोबाट जोगिन हिटर बालेर ताप्ने गरेका छन् । तर के यसको प्रयोग गर्दा सावधानी अपनाईरहनुभएको छ ? के तपाई कोठा थुनेर हिटर ताप्दै त हुनुहुन्न ? त्यसो हो भने तपाईको ज्यान पनि जोखिममा पर्न सक्छ त्यसैले तपाईले चनाखो हुनैे पर्छ र यसका कारण उत्पन्न हुने बेफाइदा र ज्यानै जानसक्ने जोखिमबारे तपाईले जान्नै पर्छ । यदि हिटर ताप्दा सावधानी अपनाईएन भने यसले अकल्पनीय दुर्घटना समेत निम्त्याउन सक्छ ।
बन्द कोठाभित्र आगो बाल्दा वा हिटरको प्रयोग गर्दा हुने लापरबाहीले ज्यानै समेत जान सक्ने भएकोले बालबालिका, वृद्धवृद्धा, विशेष अवस्थाका मानिसले अझ बढी सावधान हुनुपर्छ ।
आगोबाट निस्कने धुवाँ र हिटरबाट कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ । जुन मानव स्वास्थ्यको लागि हानीकारक हुन्छ ।
कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसैको प्रतिक्रियास्वरुप जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ ।
आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन । कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ। र यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरु मर्दै जान्छ । यसैकारण मानिसको मृत्यु हुन्छ ।

यसबाट बच्न अपनाउनुहोस् यस्तो उपाय
हिटर बाल्दा कोठा बन्द गर्नु हुँदैन । हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई बन्द गर्न आवश्यक छ । राति सुत्नेबेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ । नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् । बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वास जस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन । पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन । हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?