मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अत्याधिक रक्सीको नशा हुँदा वान्ता किन हुन्छ ?

काठमाडौँ – तपाईलाई थाहा छ, कहिले काही मानिसले रक्सि पिएपछि वान्ता किन गर्छ ? रक्सी पिएपछि मानिसहरु प्रायः बान्ता हुने गरेको देखिन्छ । कतिपय मानिस रक्सी पिएपछि सुत्छन् तर के तपाईंले कहिल्यै सोच्नुभएको छ यस्तो किन हुन्छ, यसले स्वास्थ्यमा कस्तो असर गर्छ ?

धेरै पटक, धेरै रक्सी पिउने, धेरै छिटो पिउने वा खाली पेटमा रक्सी पिउने कारण वान्ता हुन्छ। यद्यपि यो रोग होइन। वास्तवमा, जब रक्सी हाम्रो पेटमा प्रवेश गर्छ, एन्जाइम प्रणालीको सम्पर्कमा आएपछि ठूलो मात्रामा विषाक्त रसायनहरू उत्पादन हुन्छन्। यसलाई हटाउन हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रक्सीलाई विष मानेर शरीरबाट बाहिर निकाल्ने प्रयास गर्छ।

यदि हामीले वैज्ञानिक भाषामा बुझ्यौं भने, रक्सी हाम्रो शरीरमा प्रवेश गरेपछि, कलेजोले यसलाई विषाक्त रासायनिक एसिटाल्डिहाइडमा परिणत गर्दछ। जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने अध्ययनले देखाएको छ । यसले कलेजोले एसिटाल्डिहाइडलाई एसिटेटमा रूपान्तरण गर्छ। त्यसपछि यो पानी र कार्बन डाइअक्साइडमा परिणत हुन्छ र शरीरबाट बाहिर निस्कने अध्ययनले बताएकाे छ ।

बान्ताले नशाबाट छुटकारा पाउन मद्दत गर्छ भन्ने धेरैको विश्वास रहेकाे छ । त्यसैले, रक्सी पिएपछि, धेरै पटक जबरजस्ती उल्टी गर्ने प्रयास गर्छन्। बान्ताका कारण पेटबाट अल्कोहलको केही अंश बाहिर निस्कन सक्छ तर रगतमा घुल्ने अल्कोहलको मात्रा घट्दैन ।

रक्सी शरीरमा प्रवेश गर्ने बित्तिकै कलेजोको माध्यमबाट केही भाग पचिन्छ र पिसाबको माध्यमबाट बाहिर निस्कन्छ। अर्कोतर्फ, मदिरा पनि शरीरको रक्तनली हुँदै मानिसको रगतमा मिसिन्छ । जसका कारण मानिसलाई मादकताको अनुभूति हुन्छ । जब यो प्रक्रिया तीव्र हुन्छ तब बान्ताले आराम दिन्छ तर यसले नशा हटाउँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?