काठमाडौँ – यति बेला अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्मी दुनियाँमा पाइला चाल्ने तयारीमा छिन् । उनले फिल्म‘एक्टर’ बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्।
बिहीबार निर्माण टिम र उनका आमाबुबा औपचारिक सम्झौता भएको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएको यो फिल्म वैशाख पहिलो साताबाट फ्लोरमा जाने छ ।
अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि यो फिल्ममा काम गर्न राजी भएको बताएकी छन्। दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन्।
यसअघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्। राजन भुषालले निर्देशन गर्न लागेको फिल्ममा थमनकुमार भण्डारीको लगानी रहनेछ।
फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया