मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी महिला बलिउड फिल्म निर्देशक, जसका फिल्मले विदेशमा पनि चर्चा कमाए 

काठमाडौँ– यसै वर्षको मार्चतिर भारतीय महिला निर्देशक किरण रावले निर्देशन गरेको फिल्म ‘लापता लेडिज’ प्रर्दशनमा आउदैछ ।

बलिउडमा यसअघि पनि धेरै महिला निर्देशक थिए ।  जसले निर्माण गरेका फिल्महरूको भारतमा मात्र नभई देश बाहिर पनि राम्रै प्रशंसा भएको थियो ।

तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ । त्यसकारण आज हामी बलिउडका उत्कृष्ट ५ महिला निर्देशकको बारेमा जानकारी दिँदैछौँ ।

साई परान्जपे– साई पराञ्जपे बलिउडकी धेरै पुरानी निर्देशक हुन् । चार दशकअघि उनले गरिबको मुद्दा समेटिएका धेरै फिल्म निर्देशन गरेकी थिइन् ।

सन् १९९० मा रिलिज भएको ‘दिशा’ उनले नै निर्देशन गरेको फिल्म हो । तर उनले हिन्दीमा कुनै फिल्म नबनाएको लामो समय भइसक्यो ।

मीरा नायर– मीरा नायरले निर्माण गरेको ‘सलाम बम्बे’ नामक फिल्म ओस्कारको लागि पनि मनोनयनमा परेको थियो । उनका फिल्महरूमा सामाजिक यथार्थवाद झल्किन्छ । 

नन्दिता दास– नन्दिता दासलाइ बलिउडकी बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिन्छ । उनले धेरै भाषामा फिल्म बनाएकी छिन् ।  उनले कपिल शर्मासँग फिल्म ‘ज्वेइगाटो’ बनाएकी थिइन् ।

यसबाहेक उनले सन् २००२ को गुजरात दङ्गामा आधारित फिल्म ‘फिराक’ बनाएकी थिइन् । फिल्मले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाएको थियो । 

अपर्णा सेन– अपर्णा सेनको नाम बलिउडमा निकै सम्मानका साथ लिइन्छ । उनले बङ्गाली सिनेमाका साथै केही अङ्ग्रेजी फिल्ममा समेत काम गरेकी छिन् । उनको फिल्म ‘मिस्टर एन्ड मिसेस अय्यर’ लाई निकै मन पराइएको छ । यो फिल्मले राष्ट्रिय अवार्ड पनि जितेको थियो । 

कोंकणा सेन शर्मा– कोंकणा सेन शर्माले धेरै फिल्ममा अभिनय गरेकी छिन् । यसका अतिरिक्त उनले धेरै फिल्म निर्देशन पनि गरेकी छिन् । उनले सन् २०१७ मा फिल्म ‘ए डेथ इन ए गुञ्ज’ बनाएका थिए । यसबाहेक उनले ‘लस्ट स्टोरी २’ पनि बनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?