मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘अगस्त्य’लाई देशव्यापी २ सय ६० शोज

काठमाडौँ – शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को एडभान्स बुकिङ खुलिसकेको छ ।

सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर ड्रामालाई हलले उत्साहजनक शोज दिएका छन् । यसलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभित्र १५ शोज दिएको छ भने उपत्यकाबाहिर २९ शोज दिएको छ । 

यस्तै काठमाडौँको वान सिनेमाजले दुई चेन गरेर ८ शोज, बीग मुभिजले ३ शोज, एफक्यूबले ३ शोज, बीएसआरले ४ शोज, आइएनआई चेनले सबै हलमा गरेर १२ शोज दिएको छ ।

उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शोज दिएका छन् । शोजको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोजहरु उपलब्ध गराएका छन् । 

यस्तै देशबाहिर अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शोज, क्यानडामा १ सय ५० शोज, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १ सय ५० शोज पाएकाे निर्माताकाे दाबी छ ।

उनीहरुका अनुसार अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शोज र मध्यपूर्वका देशहरूमा पनि गरि फिल्म ७ सय ५० शोजमा रिलिज हुने छ । 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ । 

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । 

पीजि सर्टिफिकेट पाएको फिल्म हेर्न जाँदा १६ भन्दा कम उमेरका दर्शकले  अभिभावक अनिवार्य रूपमा लैजानुपर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?