मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाका लागी अचुक औषधि चम्सुरको दाना 

चम्सुरको दाना औषधीय गुणले भरिपूर्ण छ । महिलाले भोगिरहेका अनेकौँ समस्या हटाउन सक्ने क्षमता यसमा हुन्छ । हामीले प्रायजसो चम्सुरको सागको सेवन गरिरहेका हुन्छौ ।

तर चम्सुरको दानाको विषयमा भने हामी अनविज्ञ नै छौ । चम्सुरको साग सँगसँगै चम्सुरको दाना पनि स्वास्थ्यका लागि निकै लाभदायी छ । 

–हल्का रातो रङको यो दानाको सेवनले महिलाहरूको अनियमित महिनावारीमा सुधार आउँछ । यसले महिलाका प्रजनन क्षमता पनि बढाउँछ । यसले महिलाको स्वास्थ्यका लागि औषधीको रूपमा काम गर्छ । 

–यसलाई गार्डेन क्रेस पनि भनिन्छ । यसमा भिटामिन ए, सी, ई, क्याल्सियम, प्रोटिन, फाइबर, फोलेट र आइरन जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ ।

–महिनावारीमा हुने गडबडी सुधारका लागी चम्सुरको दानामा फाइटोकेमिकल्स हुन्छ । यसले एस्ट्रोजेन जस्तै काम गर्छ । यसको सेवनले शरीरमा हर्मोन नियन्त्रित हुन्छ, जसका कारण अनियमित महिनावारीको समस्या समाधान हुन्छ । यी दानालाई दूधमा मिसाएर पनि खान सकिन्छ ।

–ब्रेष्ट मिल्क बढाउन चिकित्सकहरूका अनुसार चम्सुरको दाना स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आमाको दूधको उत्पादन बढ्छ ।

प्रसवपछि पनि दूध नआएका महिलाले चिकित्सकको सल्लाहमा यसकाे दाना सेवन गर्न सक्छन् । यी दानाबाट लड्डु बनाएर खान सकिन्छ । यसको सेवनले कमजोरी पनि घट्छ ।

–चम्सुरको दाना तौल घटाउन पनि प्रभावकारी मानिन्छ । तौल घटाउन चाहने महिलाका लागि यो उत्तम विकल्प हो । यसमा प्रचुर मात्रामा प्रोटिन र फाइबर हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यसको सेवनले पेट लामो समयसम्म डम्म भरिएको महसुस हुन्छ र बारम्बार भोक लाग्दैन ।

–एनिमियाबाट पीडित महिलालाई चम्सुरको दाना खाने सल्लाह दिइन्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसको नियमित सेवनले शरीरमा रगत बढ्छ र एनिमियाको समस्या हट्छ ।

–आमा बन्न खोजिरहेका महिलाहरूले आफ्नो आहारमा चम्सुरको दाना समावेश गर्नुपर्छ । यो फोलिक एसिडको धेरै राम्रो स्रोत हो र फोलिक एसिडले गर्भधारणमा मद्दत गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?