मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्ता लाग्यो अरुण र वरुणका नयाँ चन्द्रमा

काठमाडौँ– अन्तरिक्ष वैज्ञानिकहरूले सौर्यमण्डलमा तीन ओटा नयाँ चन्द्रमा पत्ता लगाएको दाबी गरेका छन् । 

हवाई र चिलीमा अवस्थित शक्तिशाली टेलिस्कोपहरू प्रयोग गरेर नयाँ चन्द्रमाहरूलाई भेटिएको वैज्ञानिकहरूले जनाएका हुन् । 

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय खगोलीय एकाइ (आईएयू) ले यो खोजको घोषणा गरेको हो । 

नयाँ चन्द्रमामध्ये दुई वटाले नेपच्युन (अरुण) ग्रहको परिक्रमा गरेको र अर्कोले युरेनस अर्थात् वरुण ग्रहको परिक्रमा गरिरहेको बताइएको छ ।

योसँगै अरुणका १६ र वरुणका २८ चन्द्रमा भएका छन् । नेपच्युनको यी नयाँ चन्द्रमा यसअघि पनि धेरै पटक देखिएका थिए पनि यिनको बारेमा सही जानकारी पाउन सकिएको थिएन् । 

अन्तर्राष्ट्रिय खगोलीय सङ्घको माइनर प्लानेट सेन्टरद्वारा गएको शुक्रबार तीन ओटा नयाँ चन्द्रमाको पत्ता लागेको घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?