मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिभोर्सको हल्लाविरुद्ध नेहा कक्कडको जवाफ, गर्भवती रहेको कुरा अफवाह

काठमाडौँ– भारतीय गायिका नेहा कक्कडले लामो समय गायब हुँदा आफ्ना बारे फैलिएका गसिपको उत्तर दिएकी छिन् ।

नेहाले टाइम्स अफ इन्डियासँगको कुराकानीमा विश्रामको कारण खुलासा गरेकी छिन् । लामो समय काममा सक्रिय रहँदा शारीरिक र मानसिक थकानका कारण विश्राम लिएको उनले बताइन् । अब छिट्टै कमब्याक गर्ने उनको भनाइ छ ।

गर्भवती रहेको कुरा अफवाह रहेको बताउँदै उनले भनिन्, ‘म र रोहन अहिले सन्तानको योजनमा छैनौँ । तर बाहिर भने अर्कै चर्चा भइरहेको छ ।’

त्यसअघि सन् २०२१ मा विवाहको दुई महिनापछि नेहाले आफ्नो ‘बेबी बम्प’ देखाएको फोटो सेयर गरेकी थिइन् । त्यस समय उनी गर्भवती भएको धेरैको आशङ्का थियो । तर  पछि उनले सो फोटो म्युजिक भिडियो  ‘खयाल राख्या कर’ का लागि खिचाएको खुलासा भएको थियो ।

साथै आफू विश्राम हुँदा गर्भवती र डिभोर्सको हल्ला चलेको बारे आफू जानकार भएको उनको भनाइ छ ।  पतिसँग पनि सुमधुर सम्बन्ध रहेको र उनीसँगै समय बिताउनका लागि पनि कामबाट विश्राम लिएको उनको भनाइ छ ।

नेहा  लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् ।  फलतः केहीले नेहाको दुई वर्षअघि रोहनप्रित सिंहसँगको वैवाहिक सम्बन्ध टुटेको अनुमान लगाए भने केहीले उनी गर्भवती भएको अड्कल गरे ।

यद्यपि यी विषयले विश्राममा रहँदा पनि चर्चामै रहेकी नेहाले पनि कुनै कुनै प्रतिक्रिया दिएकी थिइनन् । 

काममा कमब्याक गर्न लागेकी नेहा पछिल्लो ‘डान्स दिवाने ३’ मा अतिथिका रूपमा देखिएकी थिइन् । हालै उनी सामाजिक सञ्जालमा भाइरल भइरहेको गीत कान्ता लगा’ मा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?