काठमाडौँ– भारतीय गायिका नेहा कक्कडले लामो समय गायब हुँदा आफ्ना बारे फैलिएका गसिपको उत्तर दिएकी छिन् ।
नेहाले टाइम्स अफ इन्डियासँगको कुराकानीमा विश्रामको कारण खुलासा गरेकी छिन् । लामो समय काममा सक्रिय रहँदा शारीरिक र मानसिक थकानका कारण विश्राम लिएको उनले बताइन् । अब छिट्टै कमब्याक गर्ने उनको भनाइ छ ।
गर्भवती रहेको कुरा अफवाह रहेको बताउँदै उनले भनिन्, ‘म र रोहन अहिले सन्तानको योजनमा छैनौँ । तर बाहिर भने अर्कै चर्चा भइरहेको छ ।’
त्यसअघि सन् २०२१ मा विवाहको दुई महिनापछि नेहाले आफ्नो ‘बेबी बम्प’ देखाएको फोटो सेयर गरेकी थिइन् । त्यस समय उनी गर्भवती भएको धेरैको आशङ्का थियो । तर पछि उनले सो फोटो म्युजिक भिडियो ‘खयाल राख्या कर’ का लागि खिचाएको खुलासा भएको थियो ।
साथै आफू विश्राम हुँदा गर्भवती र डिभोर्सको हल्ला चलेको बारे आफू जानकार भएको उनको भनाइ छ । पतिसँग पनि सुमधुर सम्बन्ध रहेको र उनीसँगै समय बिताउनका लागि पनि कामबाट विश्राम लिएको उनको भनाइ छ ।
नेहा लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । फलतः केहीले नेहाको दुई वर्षअघि रोहनप्रित सिंहसँगको वैवाहिक सम्बन्ध टुटेको अनुमान लगाए भने केहीले उनी गर्भवती भएको अड्कल गरे ।
यद्यपि यी विषयले विश्राममा रहँदा पनि चर्चामै रहेकी नेहाले पनि कुनै कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
काममा कमब्याक गर्न लागेकी नेहा पछिल्लो ‘डान्स दिवाने ३’ मा अतिथिका रूपमा देखिएकी थिइन् । हालै उनी सामाजिक सञ्जालमा भाइरल भइरहेको गीत कान्ता लगा’ मा देखिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया