काठमाडाैँ – बलिउडका सुपरस्टार सलमान खानसँग काम गर्ने इच्छा हर कोही कलाकारको रहन्छ । जहाँ उनलाई एक झल्को देख्न आतुर फ्यानको सङ्ख्या पनि कम छैन ।
यसैबीच एक बलिउड अभिनेत्री उनको फ्यान थिइन,जसले सलमानलाई एक झल्को देख्न स्कुटरमा पछ्याउने काम समेत गरिन् । उनी हुन – जरीन खान ।
यो कुरा अन्तरवार्ता क्रममा जरीनले नै खुलासा गरेकी हुन् । उनले बताए अनुसार सलमानलाई हेर्न जरीनले सलमानको कारलाई स्कुटरले पिछा गरेकी थिइन् ।
यति मात्र नभएर सुटिङ सेटमा समेत पुग्ने गरेकी उनको सलमानसँग भेट नै फ्यानका रूपमा फिल्म ‘युवराज’को सेटमा भएको थियो ।
जरीन जब बलिउडमा आइन उनलाई दर्शकहरूले कैटरीना कैफको ‘डुब्लीकेट’ माने । तर संयोग के थियो भने उनले आफ्नो फिल्मी यात्रा पनि आफू फ्यान भएकै स्टार अर्थात् सलमानकै फिल्मबाट सुरु गरेकी थिइन् ।
उनलाई सन् २०१० मा सलमानको फिल्ममा काम गर्ने अवसर मिलेको थियो । पहिले फिल्मबाटै भाग्य चम्किएकी जरीनले फिल्म ‘वीर’ बाट लिड रोलमा कदम राखेकी हुन् ।
उनले सादगीले दर्शकको मन जित्दा त्यसपछिका पनि उनी सलमानको फिल्ममा नै केमियो रोलमा देखिएकी थिइन । यद्यपि अहिले उनी लामो समय देखि ठूलो पर्दाबाट टाढै छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया