मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्याटु खोपाउँदा तपाईँको शरीरमा हुनसक्छन् यस्ता हानी 

पछिल्लो समय ट्याटु खोपाउने प्रचलन निकै बढ्दो छ । अरूको देखासिकी गरेर होस् या आफ्नो स्वेच्छाले १५-१६ वर्षका युवापुस्ता देखि ५० कटेका वृद्धाहरूमा समेत ट्याटुको सोख देख्न सकिन्छ तर यसरी ट्याटु खोप्दा यसका विभिन्न खतराहरू पनि हुन्छन् ।

ट्याटु खोपेर हामीले आफ्नो चाहना पूरा गर्दा क्षणभरलाई सन्तुष्टि त मिल्ला तर त्यसले दीर्घकालमा पुर्‍याउने असरका बारेमा चिन्ता गर्न सकेनौँ भने हामी बरबादीको बाटोमा जान सक्छौँ ।

किनभने हरेक कार्यका सकारात्मक एवं नकारात्मक पाटाहरू हुने गर्दछन् । ट्याटु देखाउन पाउँदा आफूलाई छुट्टै शान भएको अनुभव गरिए पनि यसका विभिन्न खराब पाटाका बारेमा जानकार हुनुपर्छ ।

ट्याटुका कारण निम्तने जटिलताहरू :

–छालामा ट्याटु भएका कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घट्ने गर्छ । जसका कारण शरीरको तापक्रम बढ्ने गर्छ । यसले हाइपोथर्मिया र हिट हार्ट अट्याकको खतरा बढाउन सक्छ ।

– अनुसन्धानका अनुसार ट्याटु जति ठूलो हुन्छ त्यति नै खतरनाक हुनसक्छ । 

–मेडिकलको हिसाबले पनि यो उचित हैन । ट्याटु बनाउँदा ब्लडबाट सर्ने रोगहरू पनि सर्ने हुनसक्छ । 

–ट्याटु कस्तो ठाउँमा बनाएको हो ? हाईजेनिक छ कि छैन ? सेफ प्रोटोकल अपनाइएको छ कि छैन भन्ने कुरा मुख्य हुन्छ । ट्याटु खोप्दा ट्याटुकै एलर्जीसँगै खतरा हुन सक्छ ।

–कतिलाई ट्याटु सुट हुँदैन । यस कारण एलर्जी हुने, घाउ हुने, खत बस्ने, मासुहरू पलाउने पनि हुनसक्छ । 

–नन प्रोफेशनलहरुसँग ट्याटु गराइयो भने सौन्दर्य नै बिग्रने हुन्छ । आफूले भने अनुसारको प्रिन्ट ननिस्कँदा मानसिक समस्या समेत हुने गरेको पाइएको छ । 

–छालाको हिसाबले कपडाले छोप्ने ठाउँमा ट्याटु बनाएको उत्तम मानिन्छ । 

–छाला सम्बन्धी रोग, ट्याटुको एलर्जी भएकाहरूले ट्याटु खोप्नु हुँदैन । 

–विवाहअघि नै प्रेमी, प्रेमीकाको नाममा ट्याटु बनाउँदा सोही व्यक्तिसँग विवाह नहुन सक्छ र ट्याटु मेटाएर मात्रै विवाह गर्नुपर्ने अवस्था आउन सक्छ । यस कारण सकेसम्म विवाहअघि ट्याटु नबनाएको राम्रो । 

–कहिलेकाहीँ ट्याटु लेजरले पनि ट्याटु नजाने अवस्था हुन्छ । नगएको खण्डमा  कस्मेटिक सर्जरी गरेर काट्नुपर्ने हुनसक्छ यस कारण ट्याटु बनाउनु पूर्व निकै ध्यान दिँदा आवश्यक भएको चिकित्सकहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?