काठमाडौँ– विज्ञान प्रविधिको विकाससँगै अहिले धेरै कामहरू मोबाइलबाट नै गर्न सकिन्छ । कम्प्युटर मात्रै गर्न सकिने धरै कामहरू मोबाइलबाट पनि गर्न सकिने गरी अहिले धेरै एपहरूको विकास भएको छ ।
यसैकाे एक उदाहरण हाे मोबाइलबाटै पनि विभिन्न किसिमका अडियोहरु एडिट गर्न सकिने सुविधा ।
हुन त व्यावसायिक अडियो एडिटिङको काम कम्प्युटर सफ्टवेयरबाटै गर्ने गरिन्छ । तर अहिले मोबाइलमा पनि थुप्रै एप उपलब्ध छन् ।
आज हामी तपाइलाई मोबाइलबाटै अडियो एडिट गर्न मिल्ने ५ एपका बारेमा जानकारी दिँदैछौँ ।
अडियो इभोलुसन
अडियो इभोलुसन मोबाइल स्टुडियो एपको प्रयोग गरी मोबाइलबाटै अडियो एडिट गर्न सकिन्छ । यसमा धेरै ओटा अडियो ट्र्याक सपोर्ट गर्ने, एमआइडीआई रेकर्डिङ, विभिन्न स्याम्पल र ड्रम एडिटर जस्ता सुविधा रहेका छन् । यो सशुल्क र निःशुल्क दुवै भर्जनमा पाइन्छ ।
ब्यान्ड ल्याब
मोवाइलमा नै अडियो एडिट गर्नको लागि निःशुल्क पाइने अर्को एप ब्यान्ड ल्याब पनि हो । यसमा कस्टम इन्स्ट्रुमेन्ट बनाउने स्याम्पलर, लुप फङ्सन, ३०० बढी भर्चुअल एआईडीआई इन्स्ट्रुमेन्ट्स, १८० इफेक्ट्स दिइएको छ । साथै यसमा भिडिओ क्लिक एडिट गर्न मिल्ने फिचर पनि छ ।
एन ट्र्याक स्टुडियो
यो एपले पनि अडियो फाइल, एमआईडीआई, ड्रम, रिभर्ब लगायतका विभिन्न फिचर उपलब्ध गराएको छ । यो एप प्रयोग गर्न निकै सजिलो छ । तर एपभित्रका केही फिचर प्रयोग गर्न भने शुल्क तिर्नु पर्छ ।
एमपीथ्री कटर
यो पनि अडियो एडिट गर्ने लोकप्रिय एप हो । तर यो एपले एमपीथ्री बाहेकका फाइल सपोर्ट गर्छ । एपबाट अडियो क्लिप मर्ज गर्ने, क्लिपको विशेष भाग हटाउने, फाइल साइज परिवर्तन गर्ने, आवाज नभएको भाग हटाउने लगायतका काम गर्न सकिन्छ ।
भोलोको
यो एपमा ४० भन्दा बढी भोकल इफेक्ट्स र एक हजार बढी ताल दिइएको छ । एपलाई रेकर्डिङ स्टुडियो र अडियो एडिटर दुवै रूपमा चलाउन सकिन्छ । यसमा अडियो एडिटिङका धेरै आधारभूत सुविधा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया