मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुकुर कहिलेकाही किन आक्रामक हुन्छ ?

काठमाडौँ – कुकुर मानिसका सबैभन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् । प्रायःजसो साना नानीहरु कुकुरलाई आफ्ना आत्मिय साथी ठान्दछन् ।

कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनोवैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउँछ । कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारीरिकरुपमा बढी क्रियाशिल रहन्छ । कुकुरले मानिसलाई एक्लो एकाङ्किपन हुन बाट बचाउँछ ।

कुकुरलाई स्याहार सुसार गर्दा, खेल्दा, डुल्दा रक्तचाप जन्य स्वास्थ्य समस्या कमी गराउँछ । मुटुजन्य रोगबाट प्रभावित विरामी जसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदी कुकुरको समिपमा समय विताउने गरेको भए कुकुर नपाल्नेभन्दा पाल्ने मानिस १ देखि २ बर्ष बढी बाँच्ने गर्दछन् ।

आजकल धेरै मानिसहरू घरमा कुकुर पाल्न मन पराउँछन्। कुकुर मानिससँग भावनात्मक र मानसिक रूपमा नजिक छन् । त्यसैले सबैले कुकुर मन पराउँछन्। तर, कहिलेकाही केही कारणले कुकुर आक्रामक हुन्छ ।

कुकुरको आक्रामकता हटाउने तरिका

यदि कुकुर आक्रामक छैन र अचानक उसको व्यवहार आक्रामक हुन्छ, तब उसलाई केहि स्वास्थ्य सम्बन्धी समस्या छ भनेर हामीले थाहा पाउनु पर्छ । चोटपटक, हाइपोथाइराइडिज्म, इन्सेफलाइटिस, एपिलेप्सी र ब्रेन ट्युमर जस्ता समस्याका कारण पनि कुकुरहरू आक्रामक हुन सक्ने एक अध्ययने देखाएको छ ।

यस्तो अवस्थामा पशु चिकित्सकको सहयोग लिनुपर्ने अध्ययनले उल्लेख गरेको छ । यदि तपाईको घरमा पालेको कुकुरमा पनि एक्कासी यस्तो खालको परिवर्तन आयो अथवा रिसाएर टोक्न खोज्यो भने उसलाई उपचार वा औषधिको मद्दतले कुकुरको आक्रामक व्यवहार सुधार गर्न सकिन्छ।

तपाईमा कुकुरमा यो प्रकारको समस्या देखिए तुरुन्त पशु चिकित्सक कहा लग्नुहोस् । कुकुरमा कहिलेकाही हुने यो क्रोध एक गम्भीर समस्या हो, यसलाई आफैले समाधान गर्ने प्रयास नगर्नुहोस्।

कुकुरमा आक्रामकको व्यवहार देखिए सबैभन्दा पहिले तपाईले कुकुर कुनै डर, तनाव वा चिन्तामा छ कि छैन भनेर बुझ्न आवश्यक छ। यसबाट बच्न औषधिको सहारा लिन सकिन्छ । यस्तो प्रकारको कुकुरको व्यवहारलाई औषधिको मद्दतले कुकुरको आक्रामकतालाई शान्त वा नियन्त्रण गर्न सकिन्छ। तर, यसका लागि पशु चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?