काठमाडौँ – अभिनेत्री नन्दिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् ।अभिनेत्री नन्दिताले प्रेमी अरविन्द्र कटवालसँग आगामी शनिबार बिहे गर्न लागेकी हुन् ।
प्रेमी अरविन्द्र कटवालसँग केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको छ । यी दुईको मागी विवाह हुने बताइएको छ ।
मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्छन् । उनको परिवार भने काठमाडौंमै छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको नन्दिताले जनाएकी छिन् ।
सामाजिक सञ्जालमा आइतबार राती आफू सिंगल नरहेको उल्लेख गर्दै नन्दिताले फियोन्से कटवालसँगको फोटो सेयर गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया