मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भजन शिरोमणिको विदाइ

सलामीसहित भक्तराज आचार्यको आर्यघाटमा अन्त्येष्टि, सत्य र स्वरुपले दिए दागबत्ती

काठमाडौँ– सोमवार निधन भएका भजन शिरोमणि भक्तराज आचार्यको आज (मंगलवार) अन्तेष्टि गरिएको छ । काठमाडौँको पशुपतिनाथ आर्यघाटमा सलामीसहित अन्त्येष्टि गरिएको हो ।

भक्तराजको पार्थिव शरीरमा उनका छोराद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यले दागबत्ती दिए । पशुपतिनाथ परिसरमा कलाकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

यसअघि उनको पार्थिव शरीरलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । साथै अन्य कलाकार तथा शुभचिन्तकले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं. १९९९ सालमा धनकुटामा जन्मिएका वरिष्ठ गायक, रचनाकार तथा संगीतकार भक्तराजले नेपाली संगीत क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका छन् । नेपाली शास्त्रीय तथा आधुनिक संगीतमा उनले ठूलो योगदान पुर्‍याएका छन् । उनले ४ सयभन्दा बढी गीतमा स्वर तथा संगीत भरेका छन् ।

उनका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत निकै लोकप्रिय छन् ।

यो पनि पढ्नुहोस्: भक्तराज आचार्यको जीवन: नेपाललाई सयौँ वर्षलाई पुग्ने संगीत दिएर ‘अलविदा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?