मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?