मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै 

एक अनुसन्धान अनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा पनि  ३० प्रतिशत धेरै रहेको पाइएको छ ।

यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो । ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’को एउटा अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा प्रतिवेदनअनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्ने गर्दछ । 
कुर्सीमै बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ ।

कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ । कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस् ताकि गर्धन र आँखामा कम दबाब पर्छ र खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस्।

हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर हिँड्ने वा शरीरलाई तन्काउने गर्नुहोस्। लन्च ब्रेक वा कामको बिचमा पनि एउटै ठाउँमा बस्ने नगर्नुहोस् । यताउति डुलेर आउनुहोस्। अफिसमा पनि लिफ्टको सट्टा भर्याङ्गको प्रयोग गर्नुहोस्।

हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस्। खानामा चिनी र जङ्क फुड सकेसम्म कम गर्नुहोस्। फलफूल र तरकारी धेरै खानुहोस्। पानीको मात्रा बढाउनुहोस्।

वर्किङ आवरमा कम्तीमा २ लिटर पानी पिउनुहोस्। कार्यालयमा मात्रै होइन घरमा पनि एकै ठाउँमा बस्दा ‘काउच पोटेटो’को खतरा बढ्छ ।

घण्टौँ एकै ठाउँमा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने बानीले शरीरमा प्रतिकूल असर पार्न सक्छ । यसकारण एकै ठाउँमा लामो समयसम्म बसिरहनु हुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?