मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमको समस्या घटाउन फलदायी हुन्छन् यी खानेकुरा

दम श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । दमले श्वासप्रश्वास नलीलाई साँघुरो बनाउँछ तथा सुन्निएर श्वास फेर्न गाह्रो हुन्छ । इन्हेलर प्रयोग गरेर पनि यस्तो समस्या कम गर्न सकिन्छ ।

यस्तै विभिन्न किसिमका फलफूल तथा हरियो सागपात खानाले यो समस्या कम गर्न सकिने देखिएको छ ।

–मरीचमा भिटामिन सी, एन्टिअक्सिडेन्टलगायत हुन्छ । यसले स्वास्थ्यलाई धेरै राम्रो गराउँछ ।

–अनार फाइबरयुक्त हुन्छ । त्यस्तै भिटामिन सी, भिटामिन के तथा एन्टिअक्सिडेन्ट हुनाले कोशिकाहरू बिग्रनबाट जोगाउँछ ।

–स्याउ फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसले मोटोपन घट्ने, मधुमेहको जटिलता कम गर्ने, मुटुरोग तथा क्यान्सरबाट समेत जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

–हरियो कोसामा भिटामिन ए, सी तथा के पाइन्छ । यसमा क्याल्सियम, फोलिक एसिड तथा फाइबर प्रशस्त पाइन्छ । यी तत्त्वले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छन् ।

–अदुवामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले तनावलाई सन्तुलन गर्नमा समेत सहयोग गर्छ । यसले उच्च रक्तचाप, मुटुरोग, लगायतका रोगमा पनि लाभ दिन्छ । 

–सुन्तला भिटामिनले भरिपूर्ण सुन्तला स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा मिनरल्स, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्त्व पाइन्छ । यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?