काठमाडौँ – ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ ओटिटिमा रिलिज हुने भएको छ । २५ जनवरीमा हलमा रिलिज भएको यो फिल्मको ओटीटी अधिकार पनि बिक्री भइसकेको हो ।
नेटफ्लिक्सले फिल्मको डिजिटल अधिकार १५० करोडमा किनेको भारतीय मिडियाहरूको दाबी छ । अहिले फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन ।
नियम अनुसार कुनै पनि फिल्म बक्स अफिसमा रिलिज भएको ४ हप्तापछि मात्र ओटिटि प्लेटफर्ममा रिलिज गर्न सकिन्छ। फाइटर रिलिज भएको एक महिना भयो । यसको अर्थ फिल्म चाँडै ओटिटीमा रिलिज हुने आशा गर्न सकिन्छ ।
बक्स अफिसमा हिट ‘फाइटर’मा ऋतिक र दीपिकासँगै अनिल कपूर, करण सिंह ग्रोवर र अक्षय ओबेरोयको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
सिद्धार्थ आनन्दले निर्देशित यो फिल्मले भारतको २०० करोड क्लबमा सामेल भई विश्वभर ३०० करोड कमाएको छ । यद्यपि यो अपेक्षित सङ्कलन हैन।
समीक्षकहरूबाट फिल्मले राम्रो समिक्षा पाएको छ भने मानिसहरूबाट मिश्रित प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया