मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् १० भारतीय फिल्म जसले पूर्णता पाउन सकेनन् 

काठमाडौँ– भारतीय फिल्म उद्योग भनेको विश्वकै ठुलो फिल्म उद्योग मध्येमा पर्छ । भारतीय फिल्म उद्योगमा हरेक वर्ष धेरै फिल्महरू रिलिज हुन्छन् । 

फिल्मको कथाको पछाडि मानव जीवनसँग जोडिएको कुनै न कुनै कथा जोडिएको हुन्छ । 

त्यसकारण कतिपय फिल्महरू हिट हुन्छन् भने कतिपयलाई दर्शकहरूले त्यति धेरै मन पराउँदैनन् । अझ कतिपय फिल्महरू त विभिन्न कारणले रिलिज नै हुन सक्दैनन् । 

हामी सबैले रिलिज भएका फिल्महरूका बारेमा चर्चा त जहीँतहीँ भएको पाइन्छ । तर अधुरा रहेका वा रिलिज हुन नसकेका फिल्महरूको बारेमा जान्ने प्रयास कमैले गर्छन् । 

आज हामी तपाईँलाई रिलिज हुन नसकेका केही भारतीय फिल्महरूको बारेमा बताउन गइरहेका छौँ । जुन फिल्महरू कुनै न कुनै कारणले रिलिज हुन सकेका थिएनन्  ।

१. लेडिज ओन्ली

सन् १९९७ मा कमल हसनले यो फिल्म बनाउने निर्णय गरेका थिए । यस फिल्मको कथा अमेरिकी फिल्म ‘नाइन टू फाइभ’ बाट प्रेरित रहेको बताइएको छ । यसमा रणधीर कपूर मुख्य भूमिकामा थिए भने फिल्मका निर्माता दिनेश शैलेन्द्र थिए । फिल्मको कथा आफ्नो मालिकको शोषणबाट पीडित तीन महिलामा आधारित थियो । तर यो फिल्म पनि विविध कारणले गर्दा निर्माण हुन सकेन ।

२. टाइम मेसिन

सन् १९९२ मा निर्माण हुने भनिएको यो फिल्म हलिउड फिल्म ‘ब्याक टु द फ्युचर’ मा आधारित रहेर बनाउन लागिएको थियो । तस्वीरमा आमिर खान, रविना टण्डन, अमरिश पुरी र गुलशन ग्रोवर मुख्य भूमिकामा रहेका थिए । फिल्मको ८० प्रतिशत छायाङ्कन पनि भइसकेको बताइएको थियो । तर यो फिल्मलाई पनि आर्थिक अभावका कारण रोकिनुपरेको थियो । 

३. तालिस्मान 

सन् २००९ मा फिल्म ‘तालिस्मान’ फिल्म निर्माणको योजना बनाइएको थियो ।  यो फिल्मलाई निर्देशक विधु विनोद चोपडाले निर्माण गरेका थिए । जसलाई राम माधवानीले निर्देशन गरेका थिए । यो फिल्मको ट्रेलर पनि सार्वजनिक भएको थियो । आर्थिक समस्या तथा निर्माता पनि स्क्रिप्टबाट सन्तुष्ट नभएका कारण यो फिल्मले पूर्णता पाउन सकेन ।

४.दश

सन् १९९६ मा छायाङ्कन सुरु भएको ‘दश’ फिल्ममा सलमान खान र सञ्जय दत्त अभिनय गरेका थिए । यो तस्बिरमा दुवै जना आर्मी अफिसरको भूमिकामा थिए । भनिन्छ, यो मुकुल आनन्दको ड्रिम प्रोजेक्ट थियो । तर मुकुल आनन्दको सुटिङकै क्रममा निधन भएका कारण यो फिल्म निर्माण हुन सकेन । 

५. चाणक्य

सन् १९८० मा प्रसिद्ध फिल्म निर्माता बीआर चोपडाले यो फिल्म बनाउने घोषणा गरेका थिए। फिल्ममा दिलीप कुमार चाणक्यको भूमिका निभाइरहेका थिए । यो फिल्ममा धेरै ठूला स्टारको सहभागिता थियो । तर निर्माताहरुले आर्थिक अभावका कारण फिल्म बनाउने काम नै बन्द गरे ।

६. सरहद

तपाईँलाई फिल्म ‘बोर्डर’ याद होला । यो फिल्मलाई निर्देशन गरेका जेपी दत्तले यस्तै अर्को फिल्म बनाउने तयारी गरेका थिए । ‘सरहद’ नाम दिइएको उक्त फिल्ममा विनोद खन्ना र बिन्दिया गोस्वामी मुख्य भूमिकामा थिए । तर फिल्म छायाङ्कनकै क्रममा निर्मातासँग पैसाको अभाव भएपछि फिल्म निर्माण कार्य पनि रोकियो ।

७. लेट्स क्याच वीरप्पन् 

सन् २००४ मा भारतीय मिडियाहरुले रामगोपाल वर्माले फिल्म निर्माण गर्ने भएका छन् भनेर खबर लेखे । फिल्मको कहानी वीरप्पनलाई पक्रिनुपर्नेमा केन्द्रित थियो । फिल्मको छायाङ्कन पनि सुरु भयो । तर फिल्मको कथा अकैतिर मोडिएर वीरप्पनको सुरुकै दिनमा हत्या भएको देखाएका कारण अगाडीको कथा नै टुङ्गो लाग्न नसकी फिल्म बनाउने विचार पनि छाडिएको थियो ।

८. रिश्ता 

सन् १९९५ मा इन्दर कुमारले निर्माण गर्ने भनिएको यो फिल्मले पनि पूर्णता पाउन सकेन । 

९. खबरदार

सन् १९८४ मा काम सुरु भएको यो फिल्ममा अमिताभ बच्चन र कमल हसन पहिलो पटक सँगै देखिने भएका थिए । टी. रामारावले बनाइरहेको यो फिल्मको १६ वटा रिल्स खिचिसकेपछि अमिताभ बच्चनले बिचमै काम छाडेपछि यो फिल्मले पनि पूर्णता पाउन सकेन ।

१०. आलीशान

हामीले तयार पारेको अधुरा फिल्महरूको सुचीहरूमा अन्तिम नाम अमिताभ बच्चनको ‘आलिशान’ को रहेको छ । यो फिल्म टिनु आनन्दले निर्माण गरिरहेका थिए । तर विविध कारणले यो फिल्म पनि बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?