मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले सन् २०२४ मा करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

काठमाडौँ – चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।

प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक ‘नीलो पुस्तिका’ पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?