मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भजन शिरोमणि गायक भक्तराज आचार्यको निधन

काठमाडौँ– गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमवार उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा बाटैमा निधन भएको हो ।

संगीतकार टिका भण्डारीले उनको निधन भएको पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते धनकुटामा जन्मिएका उनको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी स्वर सम्राट नारायण गोपालका समकालीन गायक तथा संगीतकार हुन् ।

भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरु लोकप्रिय छन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरुको, जहाँ छन् बुद्धका आँखा, हजार आँखा हेर्ने , माया मेरी साँझ बिहान लगायत गीत लोकप्रिय छन् । उनले भजनमा पनि आफ्नो स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?