मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यौन दुर्व्यवहारको आरोपमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध मुद्दा दायर

काठमाडौं– टेलिभिजन तथा युट्युब च्यानलमा कार्यक्रम ‘इन्द्रेणी’ सञ्चालन गर्दै आएका गायक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ ।

केही दिनदेखि विवादमा तानिएका कृष्ण कँडेल इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिला लगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?