मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गजल गायक पंकज उदासको निधन, अन्तिम संस्कार भोलि मुम्बईमा गरिने

काठमाडौँ – गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ । गायक लामो समयदेखि बिरामी थिए । सिगरको परिवारले विज्ञप्ति जारी गर्दै उनको निधनको जानकारी दिएको छ । पंकज कुन रोगबाट ग्रसित थिए भन्ने जानकारी अहिलेसम्म खुलेको छैन ।

पंकज उदासको आज बिहान ११ बजे मुम्बईमा निधन भएको हो । केही समयदेखि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । यही अस्पतालमा उनले अन्तिम सास फेरेको स्रोतले जनाएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनको अन्तिम संस्कार भोलि मुम्बईमा गरिने बताइएको छ ।

पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको बस्दै आएको थियो ।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीतको निकै मन थियो । यही कारण पंकज उदास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव रहेको स्रोतले जनाएको छ ।

उनका दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रको चर्चित नाममा पर्छन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?