मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बारामा ग्यास सिलिन्डर पड्किँदा एकको मृत्यु, पाँच जना घाइते

बारा – बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।

 निजगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्व महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?