काठमाडौँ– दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘दुःखी आत्मा’ लाई आलोक शुक्लाले खिच्ने भएका छन् । दीपेन्द्रले सामाजिक सञ्जालमार्फत यसबारेमा आज (सोमवार) जानकारी दिएका हुन् ।
हालसम्मको जानकारी अनुसार यो फिल्ममा दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहनेछ । क्लव वर्क क्रियसनको ब्यानरमा निर्माण हुने यो फिल्ममा हिमाल कडेरियाको निर्माण रहेको छ ।
यो फिल्म काठमाडौँ आसपासका भेगमा खिचिने जनाइएको छ भने फिल्म सामाजिक कमेडी जनरामा निर्माण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया