मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो फिल्म ‘सिटामोल’को छायाङ्कन

काठमाडौँ – राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सिटामोल’को छायाङ्कन सकिएको छ ।

फिल्मको अधिकांश छायाङ्कन सिन्धुलीमा गरिएको हो भने यसका लागि २५ दिनको अवधि लागेको निर्माण पक्षले बताएको छ । 

छायाङ्कन सकिएसँगै निर्माण पक्षले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्बिर समेत सार्वजनिक गरेको छ । 

सिनेमाले माओवादी जनयुद्धको कथा उठान गरेको छ । चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ । 

फिल्मले माओवादी जनयुद्धको कथा उठान गर्दा सौगात मल्ल र बेनिशा हमाल श्रीमान श्रीमतीका रूपमा देखिएका छन् । सौगात जनयुद्धको घाइतेका रूपमा प्रस्तुत भएको यो फिल्म आगामी तीजमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ । 

चलचित्रको कथा निर्देशक स्वयंले लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?