मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रहेनन् तीन वटा राष्ट्रिय अवार्ड विजेता निर्देशक कुमार शाहनी

काठमाडौँ – चर्चित फिल्म निर्देशक तथा पटकथा लेखक कुमार शाहनीको निधन भएको छ छ ।

समानान्तर सिनेमाका अग्रणी मानिने शाहनीको कोलकाताको एएमआरआई अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि वृद्धावस्थासँग सम्बन्धित रोगबाट पीडित थिए।

 शाहनीसँग ‘युद्ध युद्ध वारी’, ‘घायल गाथा’, ‘कस्वा’ जस्ता चलचित्रमा काम गरेकी  अभिनेत्री मिता वशिष्ठले गरेकी शाहनीकाे मृत्यु भएको पुष्टि गरेकी हुन् । 

लेखक र शिक्षकका रूपमा समेत आफ्नो परिचय बनाएका शाहनीले ‘माया दर्पण’ (१९७२), ‘तराङ’ (१९८४), ‘घायल गाथा’ (१९८९) र ‘कस्बा’ (१९९०) जस्ता उत्कृष्ट चलचित्र बनाएका थिए । 

 सन् १९४० डिसेम्बर ७ तारिखमा लरकानामा जन्मिएका उनले ३ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनको मृत्युले फिल्म क्षेत्र नै शोकमय बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?