काठमाडौँ – चर्चित फिल्म निर्देशक तथा पटकथा लेखक कुमार शाहनीको निधन भएको छ छ ।
समानान्तर सिनेमाका अग्रणी मानिने शाहनीको कोलकाताको एएमआरआई अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि वृद्धावस्थासँग सम्बन्धित रोगबाट पीडित थिए।
शाहनीसँग ‘युद्ध युद्ध वारी’, ‘घायल गाथा’, ‘कस्वा’ जस्ता चलचित्रमा काम गरेकी अभिनेत्री मिता वशिष्ठले गरेकी शाहनीकाे मृत्यु भएको पुष्टि गरेकी हुन् ।
लेखक र शिक्षकका रूपमा समेत आफ्नो परिचय बनाएका शाहनीले ‘माया दर्पण’ (१९७२), ‘तराङ’ (१९८४), ‘घायल गाथा’ (१९८९) र ‘कस्बा’ (१९९०) जस्ता उत्कृष्ट चलचित्र बनाएका थिए ।
सन् १९४० डिसेम्बर ७ तारिखमा लरकानामा जन्मिएका उनले ३ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनको मृत्युले फिल्म क्षेत्र नै शोकमय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया