मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जेमिनी एआईमा समस्या रहेको गुगलको स्वीकारोक्ति

काठमाडाैँ – आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको दौडमा जेमिनीमार्फत यात्रा थालेको गुगलले पिपल इमेज जेनेरेसन फिचर मा समस्या रहेको स्वीकार गरेको छ ।

प्रयोगकर्ताहरुले जेनेरेटेड ईमेजेजको इनएक्यूरेसिज र आपत्तिजनक परिणामहरू औँल्याउँदै टिप्पणी गरेपछि उसले गल्ती स्वीकार्दै यो फिचर नै अस्थायी रूपमा बन्द गरेको छ ।

कम्पनीले जेमिनीले केही ऐतिहासिक फोटोहरूमा अशुद्धता प्रस्तुत गरेको स्वीकार गरेको छ भने  चाँडै नै यस फिचरको राम्रो संस्करण लन्च गर्ने दाबी समेत गरेको छ ।

यसका वरिष्ठ उपाध्यक्ष प्रभाकर राघवनले यस फिचरलाई पुनः उपलब्ध गराउनुअघि व्यापक सुधार र परीक्षण गरेर यी समस्याहरूलाई सुधार गर्ने उद्देश्य रहेको बताएका छन्।

उनले विशेष गरी संवेदनशील विषयहरूमा, प्रविधिको शुद्धता बृद्धि गर्न निरन्तर प्रयासहरू हाइलाइट गर्दै एआई विश्वसनीयता सुनिश्चित गर्ने अन्तर्निहित चुनौतीहरू पनि उल्लेख गरेका छन्।

जेमिनी एउटा मल्टीमोडेल जनरल एआई हो, जुन अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको रूपमा रहेको गुगलको दाबी छ ।

सन् २०२३ को सुरुवाततिर नै आफ्नो एआई च्याटबट बार्ड सार्वजनिक गरेको गुगलले त्यो च्याट जिपिटीको अगाडि कमजोर साबित भएपछि जेमिनीको विकास गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?