मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान उठ्ने बित्तिकै भुलेर पनि नगर्नुहोस् यस्ता काम 

भनिन्छ नि दिनको सुरुवात राम्रो हुनुपर्दछ । बिहान नै खराब भयो भने पनौती लाग्छ ।

यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिँदैन, आउँछु भन्नेहरू आउँदैनन्, काम समयमा पुरा हुँदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ ।

तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाहँदैन ।

यस कारण बिहान उठ्ने बित्तिकै यस्ता गल्तीहरू गर्नुभएन भने तपाईँको दिन शुभ रहन्छ । 

–बिहान उठेर कसैसँग झुटो वाचा वा प्रतिबद्धता गर्नु हुँदैन ।

–साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्को स्वरमा हकार्नु हुँदैन ।

–शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुँदैन ।

– बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुँदैन । यसले नकारात्मक समय बनाउने छ ।

–आफूले भोजन गर्नुअघि भगवान्, पशु वा गरिबलाई दान गर्ने गर्नुपर्दछ ।

–पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुँदैन ।

– खानालाई नमिठो भन्दै फ्याँक्ने, वा थुक्ने गर्नु हुँदैन ।

–घरमा जुठो राखेर बाहिर जाने, कोठा फोहोर राख्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?