मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आठ वर्षमा बलिउड ‘क्विन’ बनिन रश्मिका, दश फिल्म बने सुपरहिट

काठमाडाैँ– बलिउड अभिनेत्री रश्मिका मन्दना आफ्नो ८ बर्षे छोटो फिल्मी करियरमै ‘टप अभिनेत्री’को सूचिमा सामेल भएकी छिन् ।

सन् २०१६ मा दक्षिण भारतीय फिल्म ‘क्रिक पार्टी’बाट ‘डेब्यू’ गरेकी उनले यो अवधिमा १० सुपरहिट फिल्म दिएका छिन् । पहिलो फिल्मबाटै सफलताको शिखर चुमेकी उनले यो अवधिमा जम्मा १६ ओटामा अभिनय गरेकी छिन् ।

जसमध्ये गत बर्ष डिसेम्बर १ मा रिलिज भएको उनको फिल्म ‘एनिमल’ले त ९१७ करोड कमाएर बक्स अफिसमा तहल्का नै मच्चाएको थियो ।

रणवीर कपुरका साथमा रश्मिकाको यो फिल्ममा दर्शकले खुलेरै तारिफ गरे । यद्यपि यो सफलताको खुसी भने उनले मनाइनन् ।

यसबारे सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले ‘एनिमल’ टिमसँग काम गर्नु आफ्ना लागि शानदार अनुभव भएको बताएकी छिन् ।

यद्यपि सफलतामा मनाउन नपाउनु आफ्नो व्यस्तताको उपज भएको उनले प्रस्टाएकी छिन् । किनकि यो रिलिज हुनुपूर्व नै रश्मिका अर्को फिल्मको सुटिङमा व्यस्त भएकी थिइन् ।

आईएमडीबीका अनुसार उनी अहिले १० ओटा प्रोजेक्टमा काम गरिरहेकी छिन् । २७ वर्षीय रश्मिकाको आगामी दिनमा रिलिज हुने लाइनमा ‘पुष्पा द राइज– २’,‘रेनबो’,‘द गलफ्रेन्ड’ जस्ता फिल्महरू छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?