मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनाव कम गर्ने यस्ता छन् उपाय

जोयनेपाल
962
Shares
Satisfied woman looking away on a park

तनावले मानिसको मानसिक स्वास्थ्यमा निकै असर पुर्‍याउँछ । साथै यसले मानव जीवन र दैनिक क्रियाकलाप समेत प्रभावित बनाउँछ । तनाव विभिन्न कारणले हुने गर्दछ ।

कसैलाई घरायसी तनाव, कसैलाई व्यक्तिगत तनाव, कतिपयलाई जागिरको तनाव आदि, इत्यादि । आज हामी मुख्यतया जागिरेको तनाव कसरी कम गर्ने भन्ने सन्दर्भमा केही टिप्सहरूको विषयमा जानकार गराउँदै छौ । 

कार्यालय जाने ५ मध्ये ४ जना जागिरेलाई तनावका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने अध्ययनहरूले देखाएको छ ।

टाउको दुख्ने, पेटमा असहज हुने, अनिन्द्रा हुने , थकाइ लाग्ने जस्ता समस्या जागिरे मानिसहरूलाई देखिने गरेको छ । धेरै मानिसहरू तनावले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकार छैनन् ।

काम पछि आराम गर्ने थुप्रै तरिकाहरू छन् यसबारे पनि धेरैलाई थाहा छैन ।

 यी कामहरू गर्नाले कामपछि हुने तनावमा कमी आउनेछ

–सन्तुलित खाना खाँदा तनाव कम हुन्छ । फाइबरयुक्त खाना, फलफूल र सागसब्जी खानपर्छ । 

–काम पछि लेख्ने बानी गर्दा पनि तनाव कम हुन्छ । आफूलाई लागेको कुराहरू नोट बुकमा लेख्ने बानी गर्दा पनि केही हदसम्म तनावबाट मुक्ति भइन्छ । 

–तातोपानीले नुहाउँदा पनि तनाव कम हुन्छ । तातो पानीले रक्त सञ्चारमा सुधार ल्याउँछ, मांसपेशीलाई आराम गर्न सघाउँछ । 

–लामो सास फेर्ने र ध्यान बस्दा पनि तनावबाट मुक्त हुन सकिन्छ । सास फेर्दा पेटमा हावा प्रवेशको कल्पना गर्न सकिन्छ । सास शरीरमा कहिले र कसरी प्रवेश गर्छ र बाहिर निस्कन्छ भन्ने कुरामा केन्द्रित हुँदा शरीर र दिमागमा बढेको प्रभावलाई राम्रोसँग महसुस गर्न सकिन्छ ।

–गीत सुन्दा पनि तनाव कम भएको महसुस गर्न सकिन्छ । सङ्गीतले मन शान्त हुन्छ । कामपछि आफ्नो मन पर्ने गीत सुन्ने गर्दा पनि मन हलुका हुन्छ । मनपर्ने गीत सुन्दा तपाईँलाई निदाउन मद्दत गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?