मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्याज काट्दा किन आउँछ आँसु ?

प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ?

प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । सल्फर एसिड आँखामा पुग्दा पोल्छ र आँखामा आँसु आउँछ ।

प्याज काट्दा आँसु नआउन के गर्ने ?
– प्याजलाई काट्नु भन्दा केही समय अगाडि यसलाई फ्रिजमा राख्दा काट्दा आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले पानीमा भिजाउँदा पनि आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन ।

– प्याज काट्दा छेउछाउमा पङ्खा नचलाउने, काट्दा चस्मा लगाउँदा पनि आँसु आउँदैन ।

– प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्दा पनि आँसु आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?