मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब नेपालमै एमके र एमके मोटो ब्रान्डका टु ह्विर पार्ट्स पाइने

काठमाडौं – अब नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विर पार्ट्स पाइने भएको छ । भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विर पार्ट्स उपलब्ध गराएको घोषणा गरेको हो ।

नेपाली बजारमा पहिलेदेखि नै विभिन्न ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अब यी ब्रान्डका पार्ट्स समेत उपलब्ध गराउने छ । एक कार्यक्रमका बिच एबी ग्रुप र पौडेल इन्टरप्राइजेजले व्यापारिक साझेदारीको घोषणा गरिएको छ । रिटेलर गेट टुगेदर नाम दिइएको सो कार्यक्रममा एमके र एमके मोटो ब्रान्डका विभिन्न पार्ट्स समेत सार्वजनिक गरेको छ ।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारी, एमके अटोमोटिभ इन्डियाका नेसनल सेल्स एड्भाइजर एसबीएम तिवारी, एचआर हेड पङ्कज चौहान र सिनियर एडमिन अफिसर खालिद सिद्धिकी तथा पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायण प्रसाद पौडेल ‘राजन’ ले पार्ट्स सार्वजनिक गरेका हुन्।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारीले सन् १९५९ देखि नै विभिन्न मोडलका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको एबी ग्रुपले नेपाली बजारमा पहिलो पटक आफ्नो ब्रान्ड उपलब्ध गराएको र सधैँ गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको मान्यतालाई आगामी दिनमा समेत सदैव पालना गर्ने बताए ।

भारतमै उत्पादन हुने प्रतिष्ठित ब्रान्ड भएको र यसका लागि विश्व स्तरका विभिन्न कम्पनीसँग प्राविधिक सहकार्य समेत गरेकाले गुणस्तरीय उत्पादन उपलब्ध गराउन सहयोग पुगेको उनले बताए ।

पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर पौडेल ‘राजन’ले विगत २५ वर्ष देखि दुई पाङ्ग्रे सवारी साधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइरहेको र अब थप गुणस्तरीय उत्पादन एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ एमके ब्रान्ड रोजेको बताए ।

विगत ६ महिना देखि नै यो ब्रान्ड आफूले परीक्षण गरिरहेको र विभिन्न अध्ययन समेत गरेर यही ब्रान्डसँग सहकार्य गर्ने निर्णय गरेको उनले बताए । पौडेल इन्टरप्राइजेजका डाइरेक्टर राजीव पौडेलले नेपाली बजारमा राम्रो उत्पादन उपलब्ध गराएको र व्यवसायीहरूबाट सधैँ जस्तै साथ र सहयोग पाउने अपेक्षा गरे ।

एबी ग्रुप अन्तर्गतको एमके अटोमोटिभले उत्पादन गर्ने एमके र एमके मोटो ब्रान्डका गुणस्तरीय इनर क्लच, क्लच एसेम्बली, क्लच हब प्लस सेन्टर, क्लच प्लेट, ब्रेक शु, क्लच शु र डिस्क ब्रेक जस्ता फ्रिक्सन प्रोडक्ट पौडेल इन्टरप्राइजेजले उपलब्ध गराउने छ ।

सबै ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने यी स्पेयर पार्ट्स गुणस्तरीय भएको कम्पनीको भनाइ छ । ‘मोबिलिटी सोलुसन्स’ स्लोगनका साथ कम्पनीले विश्वका विभिन्न देशमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?