मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता अनुपमले गरे नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा

काठमाडौं – बलिउड अभिनेता अनुपम खेरले सामाजिक सञ्जाल मार्फत नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनपरेको उल्लेख जनाएका हुन् ।

उनले इन्स्टाग्राम सेयर गरेको स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनपर्‍यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् ।

चाम्स निर्देशित फिल्म गोर्खा वारिअर शुक्रबारदेखि नेपालसहित विदेशमा समेत रिलिज भएको छ । यो फिल्मले सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा प्रस्तुत गर्छ ।

यो जंगल सर्भाइभल फिल्मले मलाया लडाकुले कब्जामा लिएका ब्रिटिस गोर्खा सैनिकलाई मुक्त गर्न प्रमुख पात्रले गरेको वीरतापूर्ण लडाइँको कथा पेश गर्छ । फिल्ममा रितेश चाम्सले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?