मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

यी हुन् स्मार्टफोनमा सबैभन्दा धेरै डाउनलोड गरिएका लोकप्रिय दश एप

काठमाडौं– एन्ड्रोइडको गुगल प्ले र आइफोनको एप स्टोरमा लाखौं अनुप्रयोग (एप्लिकेसनहरु) हरु उपलब्ध छन् । तीमध्ये धेरैजसो एपलाई निःशुल्क डाउनलोड गर्न सकिन्छ भने केही एपका लागि निश्चित रकम तिर्नुपर्ने हुन्छ ।

यो सुविधा आइफोन र एन्ड्रोइड दुवैले दिएका छन् ।

विश्वभरका प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनमा आफूलाई आवश्यक पर्ने एपहरु इन्स्टल गरेर प्रयोग गर्छन् । तीमध्ये केही एप भने करोडौँ मोबाइल प्रयोगकर्ताका मोबाइलमा इन्स्टल गरिएका छन् ।

तीमध्ये केही एपहरु करोडौँपटक डाउनलोड गरिएका छन् । स्मार्टफोन प्रायः प्रयोगकर्ताले ती एपलाई आफ्नो मोबाइलमा इन्स्टल गरेका छन् । हामीले तिनै एपका बारेमा जानकारी दिन गइरहेका छौँ ।

टिकटक

पछिल्लो समय सबैभन्दा धेरै डाउनलोड गरिएको एपको सूचीमा टिकटक अग्र स्थानमा छ । यो एप चिनियाँ कम्पनी बाइटडान्सले निर्माण गरेको हो ।

सार्वजनिक गरिएको छोटो समयमा नै यो एपले निकै लोकप्रियता कमायो । सन् २०२१ यता टिकटक सबैभन्दा बढी डाउनलोड गरिने एप बनेको छ ।

विभिन्न रिपोर्टअनुसार प्रयोगकर्ताले गुगलभन्दा बढी टिकटक बढी चलाइरहेका छ । टिकटकका अनुसार सक्रिय प्रयोगकर्ताको संख्या एक अर्बभन्दा बढी छ ।

नेपालसहित केही राष्ट्रमा टिकटकमा प्रतिबन्ध लगाइए पनि यसको प्रयोग गर्ने प्रयोकर्ताको संख्यामा कमी आएको छैन ।

इन्स्टाग्राम

फोटो तथा भिडियो शेयरिङका लागि इन्स्टाग्राम सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालमध्ये एक हो ।

यो एप विशेष गरी युवापुस्तामाझ लोकप्रिय छ । अमेरिकी प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको यो एप हालसम्म ९४ करोडभन्दा बढी डाउनलोड गरिएको छ ।

इन्स्टाग्राम एक अर्कासँग साथी बन्न, अन्य प्रयोगकर्ताहरूबाट सन्देशहरू प्राप्त गर्न,  प्रतिक्रिया दिन,  आफना तस्वीर र भिडियो शेयर गर्न र विश्वभर भएका विभिन्न गतिविधिहरुको जानकारी लिन प्रयोग गरिन्छ ।  इन्स्टाग्रामको प्रयोग यतिबेला छोटो भिडियो बनाउनका लागि पनि व्यापक रुपमा गर्न थालिएको छ ।

फेसबुक

सामाजिक सञ्जाल फेसबूक पनि धेरै डाउनलोड गरिने एपको सूचीमा तेस्रो नम्बरमा पर्छ । यो एप केही वर्षअघिसम्म सबैभन्दा बढी डाउनलोड गरिने एप थियो ।

सन् २००४ मा मार्क जुकरबर्गले एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए ।  अहिलेसम्म फेसबुकमा झन्डै ५० करोड प्रयोगकर्ताले खाता खोलिसकेका छन् ।

फेसबुकमा पनि इन्स्टाग्राममा जस्तै प्रयोगकर्ताहरूले अर्कासँग साथी बन्न, अन्य प्रयोगकर्ताहरूबाट सन्देशहरू प्राप्त गर्न,  प्रतिक्रिया दिन,  आफना तस्वीर र भिडियोहरु सार्वजनिक गर्न, विश्वभर भएका विभिन्न गतिविधिहरुको जानकारी लिन र रिल र स्टोरी बनाउनका प्रयोग गर्ने गरिन्छ ।

ह्वाट्सएप

ह्वाट्सएप पनि सबैभन्दा लोकप्रिय अनि सहज म्यासेन्जिङ एप हो । यो एप पनि फेसबुककै स्वामित्वमा रहेको छ । यसलाई सन् २००९ मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

सन् २०१४ मा फेसबूकले खरिद गरेर थियो । यो एप हालसम्म ४२ करोडभन्दा बढी डाउनलोड गरिएको छ ।

ह्वाट्सएप बिषेश गरी  म्यासेज तथा फोन गर्नका लागि छिटो र सहज मानिन्छ । नेपालमा पनि यसको प्रयोग बढ्दै गइरहेको छ ।

टेलिग्राम

टेलिग्राम पनि पछिल्ला केही वर्षमा लोकप्रिय बनेको छ । यसमा म्यासेज पठाउन, अडियो तथा भिडियो फोन गर्न प्रयोग गरिन्छ ।

टेलिग्राममा च्यानलहरु हुन्छन्, ती च्यानलमार्फत प्रयोगकर्ताले आफ्ना विचार तथा डकुमेन्ट शेयर गर्न सक्छन् ।

यो एपलाई सन् २०१८ मा रूसी पावेल दुरोभले बनाएका थिए । यो एपलाई ३० करोडभन्दा बढीले डाउनलोड गरेका छन् ।

टेलिग्राम मोबाइल र टेलिग्राम डेस्कटप संस्करणसहित विभिन्न प्लेटफर्महरूमा उपलब्ध छ ।

जुम

कोरोना भाइरसको महामारीपछि संसारमा ‘वर्क फर्म होम’ को ट्रेन्ड चल्यो । त्यसपछि ठूला कम्पनी, विद्यालय लगायत लगभग सबै क्षेत्रमा अनलाइनबाटै धेरै काम गर्न थालियो ।

अनलाइन मिटिङ, अध्ययन र सामूहिक काम गर्न सहज हुने गरी सार्वजनिक गरिएको जुम एप त्यसपछि लोकप्रिय बन्यो ।

यो एपमा स्क्रिन शेयरिङ, रेकर्डिङ र भिडियो सम्मेलनका लागि उपयोगी मानिन्छ । यो एप मोबाइल डिभाइसमा पनि दश करोडभन्दा बढी डाउनलोड गरिएको छ ।

स्न्यापच्याट

स्न्यापच्याटलाई स्ट्यानफोर्ड विश्वविद्यालयका भूतपूर्व विद्यार्थी इभान स्पिजल, बबी मर्फी र रेगी ब्राउनले संयुक्त रूपमा स्थापना गरेका हुन् । हालसम्म यो एप ३३ करोड भन्दा धेरैले डाउनलोड गरिसकेका छन् ।

स्न्यापच्याटले प्रयोगकर्ताहरूलाई सन्देश आदनप्रदान गर्नका साथसाथै विभिन्न सामग्रीहरू पनि अपलोड गर्न अनुमति दिन्छ ।   कुनै पनि प्रयोगकर्ताले पठाएको सन्देश प्रापकसँग पुग्नुभन्दा अगाडि, तस्वीर तथा सन्देशहरू सामान्यतया थोरै समयका लागि मात्र उपलब्ध हुन्छन् । जुन स्न्यापच्याटको प्रमुख विशेषताहरू मध्ये एक हा े। 

पछिल्लो समयमा युवाको ठूलो संख्या फेसबुक र ट्विटर भन्दा पनि स्न्यापच्याटतर्फ सक्रिय छ ।

फेसबूक म्यासेन्जर

विश्वमा धेरै डाउनलोड गरिएको एपमध्ये फेसबूक म्यासेन्जर पनि पर्छ । म्यासेन्जरमा आफ्ना साथीभाइसँग भिडियो तथा अडियो कल गर्न, च्याट गर्न तथा इमोजीहरु पठाउन सकिन्छ ।

साथै म्यासेन्जरमा गेम खेल्न, ग्रुप बनाएर कुराकानी गर्न तथा लोकेसन शेयर गर्न पनि सकिन्छ ।

क्यापकट

भिडियो निर्माणका लागि मोबाइलमा रुचाइएको एप हो क्यापकट । सन् २०२० मा सार्वजनिक गरिएको यो एपलाई ३५ करोड ७० लाखभन्दा बढी डाउनलोड गरिएको छ । यसका २० करोडभन्दा बढी प्रयोगकर्ता सक्रिय छन् ।

यो एपलाई टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सकै एउटा अर्को लोकप्रिय एप मानिन्छ । क्यापकट नाम दिइएको यो एप भिडिओ एडिटिङका लागि एकदमै उपयोगी छ । यसको सहयोगमा सजिलो र छिटो भिडिओ एडिटिङ गर्न र मिम्स बनाउन सकिन्छ ।

स्पोटिफाई

सन् २००६ मा स्थापित स्पोटिफाई टेक्नोलोजी एक स्विडेनी सङ्गीत प्रवाह सेवा प्रदायक कम्पनी हो । यसलाई कानूनी रूपमा लक्जमबर्गमा दर्ता गरिएको थियो र यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा छ ।

यो गीत संगीत सुन्नका लालि प्रयोग गरिन्छ । यसअघि गीत संगीत सुन्नका लागि युट्युबबाहेक अरु विकल्प थिएन । तर अब भने स्पोटिफाइबाट पनि गायक कलाकारले राम्रो आम्दानी गर्नसक्ने बाटो खुलेको छ ।

लोकप्रियताको रफ्तार हेर्ने हो भने स्पोटीफाइले युट्युब म्युजिकलाई छिट्टै पछि पार्ने कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?