मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म सिटामोलको रोमान्टिक तस्वीर सार्वजनिक

काठमाडौं – फिल्म सिटामोलको रोमान्टिक तस्वीर सार्वजनिक भएको छ । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को इण्ड-कल्यापसँगै प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालको रोमान्टिक तस्वीर आइतबार सार्वजनिक भएको हो ।

फिल्मको प्रदर्शन आगामी तीजमा गरिने लक्ष्य राखिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा गरिएको जनाइएको छ । फिल्ममा बेनिशा र सौगात दम्पतीको भूमिकामा प्रस्तुत छन् । माओवादी सशस्त्र द्वन्द्वकालको प्रेम सम्बन्धमा फिल्म आधारित हुने जनाइएको छ ।

तुलसीदेवी फिल्म प्रालिको ब्यानरको निर्माण भएको फिल्ममा सौगातले द्वन्द्वका घाइतेको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

बाबुल गिरीको संगीत रहेको फिल्मको छायाकार दिव्यदेव हुन् । फिल्मको निर्मातामा भूगोलकुमार कार्की, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार विक र कुमार केसी कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?